ब्याजदर बृद्धि र सेयरबजारको गिरावटबारे अध्ययन गर्न गठित समितिको समयसिमा तीन दिन थप
काठमाडौं, १ पौष । बैंकको ब्याजदर बृद्धि, सेयर बजारमा देखिएको गिरावट र त्यसले पार्ने असरबारे अध्ययन गर्न गठित कार्यदलको समयसिमा तीन दिन थप गरिएको छ।
सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा ब्याजदर बृद्धि र पुँजी बजारको अध्ययन तथा समस्या समाधानको उपायको खोजी गर्न आइतबार सम्म सात दिनको समयसिमा सहित उच्चस्तरीय कार्यदल बनाएको थियो ।
कार्यदलले सरोरकारवालाहरुसँगको छलफल गरिरहेको कारण बुद्यबार सम्मको समयसिमा दिइएको बताइएको छ ।
प्रतिवेदनमा सेयर बजारलाई दीर्घकालीन रुपमा व्यवस्थित र दिगो बनाउन आवश्यक नीतिगत व्यवस्था तथा ब्याजदर नियन्त्रणका उपायहरू समावेश गरिएको छ।