Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ज्योति विकास बैंक र स्टार हस्पिटलले स्वास्थ्य सेवामा सहकार्य गर्ने

ज्योति विकास बैंक र स्टार हस्पिटलले स्वास्थ्य सेवामा सहकार्य गर्ने

काठमाडौं, १ पुस । ज्योति विकास बैंक र स्टार हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सहकार्य सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पश्चात ललितपुरको सानेपा हाईट स्थित स्टर हस्पिटलमा बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुट पाउनेछन् । उक्त सम्झौतामा बैंकका नायव महाप्रबन्धक सुशिल कुमार शर्मा र अस्पतालका सिओओ डा। सन्देश जिसिले हस्ताक्षर गरेका छन् ।

अस्पतालमा स्वास्थ्य सेवा सुविधामा छुट लिनका लागी बैंकका ग्राहक तथा कर्मचारीहरुले बैकको एटिएम कार्ड तथा कर्मचारी परिचय कार्ड देखाउनु पर्नेछ । हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु। २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु। १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु।२ अर्व ५९ करोड कायम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x