पौषको पहिलो दिन सेयर बजारमा उत्साहजनक बृद्धि
काठमाडौं, १ पौष । पौष महिनाको पहिलो दिन आज सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । केहि महिना यता निकै उत्तार चढाव रहेको बजार गत साता देखि केही सुधार हुदै आएको हो ।
आज बजार १८.८९ अंकले बढेर १,१६७.६७ विन्दुमा कारोबार बन्द भएको छ । कुल १सय ५९ कम्पनीहरुको १,४०,७५,३४ कित्ता सेयर खरिद बिक्री हुँदा आज ४७ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा भने छिमेक लघुवित्त संस्थाले अग्रता लिएको छ । संस्थाको ५ करोड ७७ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरि आईतबार सबै भन्दा बढी मिरमिरे लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले कमाएका छन् । संस्थाको सेयर मुल्यमा १० प्रतिशतले वृद्धि भएको छ । रैराङ्ग हाईड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मुल्यमा आज ४.४६४२९ प्रतिशतले गिरावट देखिएको छ ।
यस्तै नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये उत्पादन तथा प्रशोधन समुह बाहेक सबै समुहको परिसुचक बढेको छ । सो समुहको परिसुचक ८.४३ प्रतिशतले घटेको हो भने कारोबार भएका समुहमा सबै भन्दा बढी निर्जीवन बीमा समुहको परिसुचकमा वृद्धि भएको छ । उक्त समुहको परिसुचक १६७.२१ प्रतिशतले बढेको छ ।