निगमले सुरु गर्यो आन्तरिक उडानमा अनलाइन टिकेटिङ्ग

काठमाडौं, १ पुस । सरकारी स्वामित्वमा रहेको  नेपाल वायुसेवा निगमको आन्तरिक उडानका लागि अनलाइन टिकट किन्न सकिने भएको छ । निगमले आजबाट अन्तरिक टिकट पनि अनलाइ मार्फत बेच्ने ब्यवस्था गरेसँगै अब घरैबाट अन्तरिक सेवाका लागि टिकट लिन सकिने भएको हो ।

यसअघि गत वर्ष साउनदेखि अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकटिङ सुरु गरेको थियो। निगममा आयोजित एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनलाइन टिकटिङ प्रणालीको आरम्भ गरेका हुन्। निगमा कार्यकारी अध्यक्ष खरेलले आफ्ना ग्राहकलाई थप सुविधा दिने सन्दर्भमा आन्तरिक उडानका लागि अनलाइन टिकटिङ प्रणाली थालिएको बताए। साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्नमा निगमले सक्रियता अपनाउँदै आएको निगमलाइ प्रविधि मैत्रीबनाउँदै लैजाने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *