Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

भाडा नतिरेपछि विमानस्थलको ड्युटी फ्रि पसलमा सिल

भाडा नतिरेपछि विमानस्थलको ड्युटी फ्रि पसलमा सिल

काठमाडौं, ४ पुस ।  पटक पटक ताकेता गर्दा पनि भाडा तिर्न अटेर गरेपछि विमानस्थलको ड्युटी फ्रि पसलमा सिल लगाइएको छ । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमन तथा प्रस्थानतर्फ प्रमोदशमशेर जबराले सञ्चालन गरेको युनिभर्सल सप्लाई एजेन्सी र ग्रिनलाइन इन्टरनेसनल प्रालिले बक्यौता रकम तिर्न ताकेता गर्दा पनि नतिरेपछि अहिले ती पसलमा विमानस्थल कार्यालयले ‘सिल’ लगाएको हो ।  विमानस्थलमा २० वर्षदेखि ड्युटी फ्रि मदिरा बिक्री गर्दै आएको ग्रिनलाइन र युनिभर्सल सप्लायरले भाडाबापत र विलम्व शुल्क सहित ८ करोड रुपैयाँ तिर्न बाकी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । गत २१ मंसिरमा सो पसलका सटर खाली गराउनका लागि विमानस्थल प्रशासनले ताकेता गरे पनि सञ्चालक अझै सम्पर्कमा नआएकाले सिल लगाउनुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।  सरकारले नौ वर्षअघि विमानस्थलमा ड्युटी फ्रि मा प्रतिबन्ध लगाएपछि राणाले ड्युटी पेड पसल सञ्चालनमा ल्याइरहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x