Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपालमा ठूला दरका भारु प्रतिबन्धले भारतमा खैलाबैला

नेपालमा ठूला दरका भारु प्रतिबन्धले भारतमा खैलाबैला

काठमाडौं । नेपालले एक सय माथिका ठूला दरका भारु नोटमा प्रतिबन्ध लगाएपछि भारतमै मोदी सरकारको चर्को आलोचना भएको छ । प्रतिबन्ध लगाउनुअघि पनि नेपालमा ठूला दरका भारु नोट स्वीकार गरिदैंनथ्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा ठूला दरका भारु नोटको विनिमय सम्झौता भई नेपाली या भारतीयले नेपालमा आउँदा २५ हजार भारुसम्म नगद बोक्ने व्यवस्था भएको थियो । तर ठूला दर भारु नोटलाई मोदी सरकारले लिगल टेण्डर रद्द गरेपछि नेपाललाई सटही सुविधा दिएन । यसपछि नेपालले ठूला दरका भारु प्रतिबन्ध गरेको हो । ठूला दरका भारु प्रतिबन्ध गरेपछि यसले नेपालीमात्र नभएर सीमा क्षेत्रका भारतीय पनि प्रभावित हुन्छन् । ठूला दरका भारु बोकेर नेपाल आए भारतीयहरु नेपालमा समातिन सक्छन् ।
नेपालको यो निर्णयले भारतमा समेत खैलाबैला भएको छ ।
भारतको विपक्षी दल कंग्रेस(आईका वरिष्ठ नेता सकिल अहमदले नेपालमा भारतीय नोटहरूमा प्रतिबन्ध लाग्नुमा सत्तारुढ नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए) को दम्भ प्रमुख कारक भएको आरोप लगाएका छन्। यो समाचार भारतको प्रेस ट्रष्ट अफ इण्डिया (पीटीआई)ले प्रकाशन गरेको हो ।
नेपालमा मन्त्रिपरिषद्ले २४ मंसीरमा एक सयभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । १८ डिसेम्बरमा विहारको दरभंगामा बोल्दै कंग्रेस(आई नेता अहमदले समस्याको तत्काल समाधान खोज्न भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारसँग आग्रह गरे।
भारतीय नोटमा प्रतिबन्धबाट सीमा क्षेत्रमा बसोबास गर्ने दुवै मुलुकका नागरिकलाई समस्यामा पार्ने केन्द्र सरकारका पूर्वमन्त्रीसमेत रहेका अहमदको जिकिर थियो। “भारतको नेपालसँगको सम्बन्ध अपरिपक्वता र कमजोर बुझाइका कारण विगतमा तनावपूर्ण बन्ने गरेको छ,” अहमदले भने। पछिल्लो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा मधेशका बासिन्दालाई सम्बोधन गरेपछि र त्यसलाई उल्लेख गर्दा भारतीय विदेश मन्त्रालयले ‘भारतीय नागरिक’ बताएका कारण पछिल्लो कूटनीतिक समस्या निम्तिएको उनको दाबी थियो।
त्यस्तै, तीन दिन अघि भारत सरकारको निकट टाइम्स अफ इण्डिया पत्रिकाले पनि नेपालमा ठूला दरका भारतीय रुपैँया प्रतिबन्ध हुँदा यसले भारतबाट नेपाल जाने पर्यटकलाई असर परेको व्यहोराको समाचार प्रकाशन गरेको छ । अप्रत्यक्ष रुपमा भारु नोट प्रतिबन्ध गर्न नहुने खालको लविङ गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x