पन्ध्रसय युवाले दिए सरल कर्जा कार्यक्रमका लागि आवेदन
काठमाडौं ३ पुस । विदेशमा सिकेको सीपमार्फत स्वदेशमै स्वरोजगार बन्नका चाहने युवाका लागि सरकारले ल्याएको सरल कर्जा कार्यक्रममा लागि एक हजार ५३९ युवाले निवेदन दिएका छन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयमा पुगेर र इमेलमार्फत पनि निवेदन दिन सकिने व्यवस्था मिलाएको थियाे । हालसम्म २५ जनाले इमेलमार्फत सरल कर्जाका लागि निवेदन दिएका छन् । सरल कर्जा माग गर्नेमा महिलाको सङ्ख्या भने ज्यादै न्यून देखिएको छ । यसअवधिमा ५१ महिलाले मात्र सरल कर्जाका लागि निवेदन दिएका आप्रवासी स्रोत केन्द्रका संयोजक समित्र सिंहले जानकारी दिनुभयो ।
सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की पेशा, व्यवसाय तथा उद्यम गर्न इच्छुक युवालाई आव २०७५÷०७६ मा रु १० लाखसम्म सरल कर्जा प्रदान गर्ने कार्यक्रम शुरु गरेको थियो ।