विपद् जोखिम न्यूनीकरणका लागि जापानको सहयोग
काठमाडौं । जापान सरकारले डोटी जिल्लामा विपद् न्यूनीकरणका लागि ९ करोड रुपैँया सहयोग दिएको छ । यो कार्यक्रम वल्र्ड भिजन जापान नामक गैर सरकारी संस्थामार्फत् कार्यान्वयनमा आउने छ । नेपालका लागि जापानी राजदूत मासामिची सेगो तथा वल्र्ड भिजनका परियोजना व्यवस्थापक नाओमी कातोले हस्ताक्षर गरेका छन् ।
वल्र्ड भिजन नेपाल जापानमा रहेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । यसले वल्र्ड भिजन नेपाल, नेपाली गैर सरकारी संस्थाहरु, सामुदायिक विकास केन्द्रले यो परियोजना सामुदायिक तथा विद्यालयमा विपद् पूर्वतयारी तथा प्रकोप सामना गर्न सक्ने क्षममा अभिवृद्धि गर्नेछ ।
यो परियोजनाले समुदाय र विद्यालयमा विपद् जोखिम न्यूनीकरण पूर्वतयारी तथा विपद् सामना गर्न सक्ने क्षमता वृद्धि गर्नेछ । डोटी जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकामा यो कार्यक्रम कार्यान्वनमा आउनेछ । यो कार्यक्रमले स्थानीय अधिकारीहरुलाई विपद् व्यवस्थापन क्रियाकलापलाई पवद्र्धन गर्न सहयोग गर्नेछ । यस कार्यक्रमले तीन मुख्य क्षेत्रमा काम गर्नेछ ।
सुरक्षित सिकाई वातावरण निर्माणः यसले नमुना विद्यालय विकासमा सघाउँछ । कार्यक्रम सञ्चालन हुने क्षेत्रमा १० विद्यालय रेट्रोफिट गरि स्थानीय बालबालिकाका लागि सुरक्षित ठाउँ प्रदान गरिनेछ । हरेक विद्यालयमा सुरक्षित पिउने पानी, सरसफाई तथा फर्निचरहरुको ग्यारेन्टी गरिनेछ ।
विद्यालय तथा समुदायमा जोखिम व्यवस्थापनः विपद् जोखिम सामनाका लागि विद्यालय तथा समुदायलाई तयार राख्न विद्यालयमा आधारित जोखिम व्यवस्थापन योजना ३० विद्यालयमा लागू गरिनेछ । स्थानीय ९ वडालाई विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन सामना योजना विकास गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
सामाजिक जवाफदेहीताको हिमायतिः यो कार्यक्रमले विद्यालय र सामुदायिक समूहहरु तथा स्थानीय अधिकारीहरुलाई जोखिम व्यवस्थापनको प्रगतिको मूल्यांकनमा सहयोग गर्छ ।