Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विकास बैंकहरुले पनि मुद्दती निक्षेपमा ब्याजदर घटाए

विकास बैंकहरुले पनि मुद्दती निक्षेपमा ब्याजदर घटाए

काठमाडौं,८ पुस ।  वाणिज्य बैंकहरुले व्याजदर घटाएसँगै विकास बैंकहरुले पनि ब्याज घटाउने सहमति गरेका छन्। हाल विकास बैंकहरुले साढे १२ प्रतिशतसम्म यस्तो व्याजदर दिँदै आएका विकास  बैंकहरुले अव मुद्दतीमा अधिकतम १० प्रतिशतसम्मको मात्रै व्याज दिने सहमति गरेका हुन। मुद्दती खाताका हकमा अवधि परिपक्व नहुन्जेल यसअघि तोकिएकै व्याजदर ग्राहकले पाउने र नयाँ खाताका हकमा नयाँ दर तोकिने भएको डेभलपमेन्ट बैंकर्स संघले जनाएको छ।

त्यस्तै बचत खातामा पनि साढे ७ प्रतिशतसम्म मात्रै व्याज दिइने एसोसिएसनले जनाएको छ। विकास बैंकहरुले अहिले बचतमा साढे ९ प्रतिशतसम्म व्याज दिँदै आएको छ।संस्थागत मुद्दतीका हकमा व्यक्तिगतभन्दा केही कम हुनेछ। यसअघि वाणिज्य बैंकहरुले १३ प्रतिशतको व्याज दिन थालेपछि विकास बैंकहरुले १४ प्रतिशत पुर्याउने तयारी गरेका थिए।वाणिज्य बैंकहरुले नै घटाएपछि विकास बैंकहरुले पनि घटाएका हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x