Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आइतबार सेयर बजार ३२.२४ अंकले बढ्यो, ८७ करोड बढीको कारोबार

आइतबार सेयर बजार ३२.२४ अंकले बढ्यो, ८७ करोड बढीको कारोबार

काठमाडौं, ८ पुस । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साताको पहिलो दिन राम्रो सुधार आएको छ । लामो समय पश्चात आइतबार सेयर बजारमा ३२ वृद्धि भएको हो । आइतबार नेप्से परिसुचक ३२.२४ अंकले बढेर १,१९८.१८ को विन्दुमा कारोबार बन्द भएको छ ।

आइतबार कुल १६४ कम्पनीहरुको २८,१२,२१२ कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड ५५ लाख भन्दा बढीको कारोबार भएको छ । सो दिन सबै भन्दा बढी सनराइज बैंक लिमिटेड प्रमोटर सेयरको ८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

यसैगरि आइतबार सबै भन्दाबढी आईएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र कालिका लघुवित्त वित्तिय संस्थाको लगानीकर्ताहरुले कमाएका छन् । यी कम्पनीहरुको सेयर मुल्य १० प्रतिशतले वृद्धि भएको छ । साथै सबै भन्दा बढी कैलाश विकास बैंकका लगानीकर्ताहरुले गुमाएका छन् । जसको सेयर मुल्यमा आईतबार ६.२५ प्रतिशतले गिराबट आएको छ ।

आइतबार नेप्सेमा सुचिकृत १० वटा समुहमा उत्पादन तथा प्रशोधन समुह बाहेक सबै समुहको परिसुचक बढेको छ । उत्पादन तथा प्रशोधन समुहको सुचक आइतबार ६.०५ अंकले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x