Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शुल्क घटेर एकीकृत सम्पत्ति बीमा निर्देशिका परिमार्जित

शुल्क घटेर एकीकृत सम्पत्ति बीमा निर्देशिका परिमार्जित

काठमाडौं, ८ पुस । बीमा समितिले सम्पत्ति बीमा तथा घर बीमालेख प्रतिस्थापन गरेको छ । हाल सम्म प्रचलनमा रहि आएको निर्जीवन बीमा ब्यवासाय अन्तर्गतको अग्नी बीमा र गार्हस्थ बीमालेखलाई समितिले एकै पटक परिमार्जन गररेको हो । प्रचलनमा रहेका बीमा नियमहरु असान्दर्भिक भैसकेको र वर्तमान बीमा बजारमा भएका धेरै बीमित र बीमक मैत्री सिद्धान्त, अभ्यास र प्रचलनलाई सो ले नसमेटेको हुँदा बीमा लेख परिमार्जन गरिएको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनकारी दिइएको छ । परिमार्जित सम्पत्ति बीमा निर्देशिका अनुसार एकीकृत सम्पत्ति बीमामा ६५ प्रतिशत शुल्क घट्ने बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाँईले बताए । शुल्क घटेपछि बीमाको दायरा बढ्ने अपेक्षा समितिको छ ।

उक्त परिमार्जित बीमा लेख बीमा ऐन २०५८ लाई परिमार्जन गरि बीमा निर्देशिका जारी गरिएको हो । सो बीमा निर्देशिकाले नीजि प्रयोजनका आवस र ब्यवसायीक प्रयोजनका आवसलाई बीमालेख अन्तर्गतका सबै प्रकारका बीमा योग्य जोखिमलाई समेटेको छ । जारी बीमालेख निर्देशिका माघ १ गते देखी लागु गरिने बीमा समितिले जनाएको छ ।

यसैगरि बीमा समितिले परिमार्जन गरेको सम्पत्ति बीमालेख अन्तर्गत सामान्य बीमालेख, मूल्याङ्कित सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख, घोषणा सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख र पुनस्र्थापना सम्पत्ति बीमालेख रहेका छन् । परिमार्जित बीमा निर्देशिकामा सबै प्रकारका बीमायोग्य जोखिमहरु एउटै प्याकेजमा अनिवार्य गरिएको र हुलदंगा तथा आतङ्कवा जोखिम समूह बाहेक अन्य कुनैपनि जोखि हटाउन नपाइने उल्लेख छ ।

समितिका अनुसार परिमार्जित बीमा लेखमा १ करोड रुपैयाँभन्दा कम मूल्यको घरको बीमा गराउँदा प्रति हजार रुपैयाँको ४० पैसाका दरले बीमा शुल्क तिरेर बीमा गराउन सकिने भएको छ । यस्तो बीमामा हुलदंगा तथा आतंकबाद जोखिम भने समावेश हुने छैन । यो शुल्क अनुसार १ करोड रुपैयाँको घरको बीमा बार्षिक ४ हजार रुपैयाँ बीमा शुल्कमा गर्न सकिनेछ । नेपालमा स्थापना भएका बीमा कम्पनीहरुले हाल सम्म ४३ लाख ४३ हजार बीमा पोलेसीहरु बिक्री गरेको छ भने बीमाको दायरामा १४ प्रतिशत जनतालाई समेटन् बीमा क्षेत्र सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x