वित्तिय क्षेत्रले कर्मचारी नियुक्त गर्दा बिशेष ध्यान दिनु पर्ने– गभर्नर डा. नेपाल ।
काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बिश्वमा आएको सुचना प्रविधि नेपालको बैंक तथा वित्तिय संस्थाहरुले पनि अवलम्वन गर्नु पर्ने र जसका लागी दक्ष जनशत्तिको आवश्यकता पर्ने बताएका छन् । यसकालागी बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारी नियुक्त गर्दा बिशेष ध्यान पुर्याउनु पर्ने काठमाडौंमा आयोजित ‘ट्रास्फरमेसन अफ हुमन क्यापिटल अफ डिजिटल वर्ल्ड’ नामक सम्मेलनमा गभर्नर डा. नेपालले बताएका हुन् ।
यसैगरि सोहि सम्मेलनमा विफिनले रिक्स् म्यानेजमेन्ट एशोसियशन अफ इन्डिया र केयर एड्भाईजर रिसर्ज एण्ड ट्रेनिङ्ग लि. संग सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात नेपाल र भारतका बैंक तथा वित्तिय संस्था र बीमा क्षेत्रमा देखा पर्ने सम्स्याहरुको समाधान खोज, सहयोग र कर्मचारीहरुलाई आवश्यक तालिम उल्लेखित संस्थामा गरिने बताईएको छ । सम्मेलनमा भारतका विज्ञ एवम् नेपालका बैंर्कसहरुले छुट्टा छुट्टै कार्यपत्र पेश गरेका थिए । सम्मेलनमा नेपाल तथा भारतका विभिन्न बैंक तथा वित्तिय संस्था एवम् बीमा कम्पनीमा मानव संसाधान विभागका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए ।
विफिनले २०६३ सालदेखी बैंक तथा वित्तिय र बीमा क्षेत्रको विकास र प्रवद्र्धनका लागी कर्मचारीहरुलाई समय समयमा आवश्यक तालिम, गोष्टी तथा सम्मेलनहरु गर्दै आएको छ । यसमा हाल सम्म नेपालका १६ वटा बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगाएतका संघ सस्थाहरु आवद्ध रहेका छन् ।