Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

मेलम्ची खानेपानीको काम गरिरहेको सिएमसीले लियो ठेक्का रद्धको पत्र फिर्ता

मेलम्ची खानेपानीको काम गरिरहेको सिएमसीले लियो ठेक्का रद्धको पत्र फिर्ता

काठमाडौं, ९ पुस । मेलम्ची खानेपानी आयोजना निर्माणको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएको छ। सिएमसीका कर्मचारीहरुले मेलम्ची विकास समितिमा गत आइतबार ठेक्का सम्झौता रद्द गरेको पत्र दिएका थिए ।

पत्र बुझाएर भाग्न खोजेका कर्मचारीलाई समातेर समिति र खानेपानी मन्त्रालयले सिएमसीको अढाइ अर्ब धरौटी रकम रोक्का राख्न बैंकलाई पत्रचार गरेको थियो। धरौटी रकम रोक्का राखिएपछि बिहीबार सिएमसीले ठेक्का रद्दको चिठी फिर्ता लिएको जानकारी दिएको छ। ठेक्का रद्दको चिठी फिर्ता लिएर सिएमसी काममा फर्कन तयार भएको खानेपानी मन्त्रालयले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *