Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सेयर बजारमा १ अर्व १२ करोडको कारोबार

सेयर बजारमा १ अर्व १२ करोडको कारोबार

काठमाडौं, पुस १२ । साताको अन्तिम कारोबार दिन बिहिबार १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । पछिल्लो समय बजार ओरालो लागेसँगै कारोबारमा पनि सुस्तता आएको थियो । तर बुधबार राष्ट्र बैंकले सेयर धितोकर्जाको सीमा बढएपछि कारोबार रकमा बृद्धि भएको हो ।


बुधबार बजार ३० अंकले बढेको थियो । जसमा ६९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । बिहिबार परिसूचक १.०८ अंकले घटेपनि १ अर्ब १२ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो ।


बुधबार राष्ट्र बैंकले सेयर बजारको सुधारका लागी ७ वटा क्षेत्रमा नयाँ व्यवस्था लागु तथा सेयर मार्जिन सीमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पु¥याएको थियो । सो दिन कुल १७४ कम्पनीको २८,७२,५५१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १२ करोड ९९ लाख ६९ २ सय ९ रुपैयाँ बराबरकोे सेयर कारोबार भएको छ ।

यसैगरि बिहिबार नेपाल लाईफ इन्सोरेन्स कम्पनीको कारोबार सबै भन्दा बढी कारोबार भएको छ । कम्पनीले १४ करोड ८६ लाख भन्दा बढीको सेयर कारोबार गरेको छ । सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ताहरुले कमाएका छन् । जसको सेयर मुल्य ९.०९ अंकले बढेको छ । बुधबार पनि सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ताहरुले नै सर्वाधिक कमाएका थिए । साथै सबै भन्दा बढी सिदार्थ इक्विटी ओरियण्टेड स्कीमका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ६ं.६६ प्रतिशतले घटेको छ ।

बिहिबार नेप्सेमा सुचिकृत ११ वटा समुहहरु मध्ये ३ वटा समुहको परिसुचक बढेको छ भने ८ वटा समुहको परिसुचक घटेको छ । परिसुचक बढ्नेमा उत्पादन तथा प्रशोधन, अन्य र जिवन बीमा समुह रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x