Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रिटिङ्ग, फोटोग्रफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो चैत २८ देखि

प्रिटिङ्ग, फोटोग्रफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो चैत २८ देखि

काठमाडौं, १२ पुस । नेपाल फोटो पत्रकार महासंघले प्रिटिङ्ग, फोटोग्रफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो आयोजना गर्ने भएको छ । महांसघले २ अन्तर्राष्ट्रिय कम्पनीहरु ईआरएम र मेसे इन्डियासंगको सहकार्यमा आउदो चैत २८ गते देखि ३० गते सम्म काठमाडौंको टुँडिखेलमा सो एक्स्पो संचालन गरिने छ ।

नेपालमा रहेका संचार माध्यम तथा तिसंग सम्बन्धित विभिन्न प्रविधिहरुलाई एक्स्पोको माध्यमबाट एउटै छातामुनि ल्याई त्यसको प्रचार–प्रसार र प्रयोगमा सघाउ पु¥याउने उद्धेश्यले एक्स्पो आयोजना गरिएको जनाइएको छ । उक्त एक्स्पोमा विभिन्न क्षेत्रमा प्रयोग गरिने प्रिन्टिर, फोटोग्राफी, मिडिया संग सम्बन्धीत ऐतिहासिक वस्तुहरु, अन्तराष्ट्रिय कम्पनीहरुद्धारा उत्पादित क्यामेरा, ल्याप्टप, मोबाईलहरु प्रर्दशनी तथा विक्रीमा राखिने छ । साथै एक्स्पोमा जापान, चीन, भारत, कोरिया, अमेरिका, जर्मनी लगाएत देशका उत्पादक कम्पनीहरुले सहभागिता जनाउने बताईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x