२२ तले धरहराको शिलान्यास, दुई वर्षमा निर्माण सक्ने
काठमाडौं, १२ पुस । विसं २०७२ बैशाख १२ गते गएको महाभूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको औपचारिक सुरुवात भएको छ । भूकम्प गएको झण्डै चार वर्ष पुग्न लागेपछि धरहरा पुनर्निर्माणको औपचारिक शिलान्यास आज प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा धरहराको पुनर्निर्माण हुने लागेको हो । धरहराका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नयाँ धरहरा २२ तलाको हुनेछ । भीमशेन थापाले बनाएको ११ तले धरहरा १९९० सालको भूकम्पमा भत्किएर ९ तलामा सीमित रहेको थियो ।
शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले धरहराको टुप्पोमा बसेर काठमाडौं हेर्ने रहर रहेको भन्दै
दुई २ वर्ष भित्रै निर्माण कार्य सकिने आशा व्यक्त गरे । पुननिर्माणको जिम्मा जीआइइटीसी–रमन जेभीले पाएको छ।