Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भावी प्रधान न्यायाधीश जवारा विरूद्ध ९ उजुरी

भावी प्रधान न्यायाधीश जवारा  विरूद्ध ९ उजुरी

काठमाडौं,१२ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । उजुरीमाथि छलफल गर्न समितिले शुक्रबार दिउँसो ३ बजे उजुरीकर्तालाई सिंहदरबारमा बोलाएको छ

समितिले जबराविरुद्ध परेका ९ उजुरीको आजदेखि अध्ययन थालेको समिति सभापति लक्षमण लाल कणले जानकारी दिए ।

उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग उनीविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सनुवाइ हुनेछ ।

गत मंसिर २७ गते संवैधानिक परिषदले सर्वोच्चका न्यायाधीश जबरालाई नाम भावी प्रधानन्यायाधीशमा सर्वसम्मतीबाट सिफारिस गरेको थियो । गत  पुस २ गते १० दिने म्याद राखेर उनीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x