Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

निःशुल्क सीप परिक्षणको समय अवधि थप

निःशुल्क सीप परिक्षणको समय अवधि थप

काठमाडौं,१२ पुस ।  सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षणका लागि पुनः आवेदन गर्न समयावधि थप गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गत मङ्सिर ११ गते वैदेशिक रोजगारीबाट विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका कामदारको निःशुल्क सीप परीक्षणका लागि यही पुस ११ गतेसम्म निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बोर्डले आएक सूचना जारी गर्दै सीप परीक्षणका लागि यही पुस ३० गतेसम्म निवेदन गर्न सकिने जनाएको छ ।

 विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षणका लागि सरकारले तयारी गरे पनि लक्ष्यभन्दा निकै कममात्र युवाको आवेदन परेपछि पुनः आवेदन गर्न समयावधि थप गरिएको हो ।

सरकारले यस वर्ष एक हजारको सङ्ख्यामा वैदेशिक रोजगारीबाट फर्केका युवाको २० प्रकारका सीप परीक्षण गर्ने लक्ष्य लिएको थियो । मङ्गलबारसम्म जम्मा १६० जनाले सीप परीक्षणका लागि निवेदन दिएका छन् ।

सीप परीक्षणका लागि कमको सङ्ख्यामा आवेदन परेसँगै बोर्डले अधिकको सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका प्रदेश नं १ र २ का विभिन्न जिल्लामा स्थानीय भाषामा सूचना जारी गर्ने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को सहयोगमा तह १ को सीप परीक्षण गर्ने तयारी गरेको थियो । बोर्डले विभिन्न २० प्रकारका सीपको परीक्षण हुने जनाएको छ । विल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्बर, स्काप फोल्डर, सटरिङ कार्पेन्ट्री, स्टोन लेयर मेसन (डकर्मी), विल्डिङ इलेक्ट्रेसिन, इन्डस्ट्रियल इलेक्ट्रिसियन र असिस्टेन्स ब्युटिसियनको सीप परीक्षण गरी प्रमाणपत्र दिने जनाएको छ ।

यस्तै असिस्टेन्ट वेटर, केयर गिभर, कमी तेस्रो, हाउस किपिङ क्लिनर, आर्क वेल्डर, आलुमिनियम फेब्रिकेटर, रेफ्रिजेरेशन एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, सुरक्षा गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x