Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

पाँच देशमा राजदुत सिफारिस तीन देशका राजदुत फिर्ता बाेलाइयाे

पाँच देशमा राजदुत सिफारिस तीन देशका राजदुत फिर्ता बाेलाइयाे

काठमाडौं,१२ पुस ।  सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ भने तीन देशका राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । गतहप्ता बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न पाँच देशका लागि राजदूत सिफारिस गरिएको र यसअघिका सरकारले नियुक्त गरेका तीन देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिए।

मन्त्री बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्को बैठकले सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्यान्डको राजदूतमा पठाउने निर्णय गरेको छ भने, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग जेनेभा पठाउने सिफारिस गरेको छ। भट्टराईलाई स्वीजरल्यान्डका लागि आवासीय राजदूतको जिम्मेवारी पनि दिइएको छ। त्यसैगरी, सहसचिव भृगु ढुंगानालाई क्यानडा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सको राजदूत र सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि राजदूतमा सिफारिस गरिएको छ। सबै सहसचिव परराष्ट्र मन्त्रालयमा कार्यरत छन्। उनीहरूलाई विभिन्न देशका लागि गैर आवासीय राजदूतको पनि जिम्मेवारी दिइएको छ।

मन्त्रिपरिषद्ले नयाँ राजदूत सिफारिस गरिएका देशमा हाल कार्यरत राजदूतहरूलाई नयाँको नियुक्ति नभएसम्मका लागि काजमा काम गरिरहन स्वीकृति दिएको छ।नयाँ सिफारिस भएका राजदूतहरूको संसदीय सुनुवाइ पछि त राष्ट्रपतिले उनीहरूलाई राजदूतमा नियुक्त गर्ने संवैधानिक ब्यवस्था छ ।

मन्त्रिपरिषद्को बैठकले दक्षिण कोरिया, स्पेन र बंगलादेशका राजदूतहरू क्रमशः अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र प्रा. डा. चोपलाल भूषाललाई तीन हप्ताको तयारी म्याद दिई फिर्ता बोलाउने निर्णय गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x