भावी प्रधान न्यायाधीश जवारा विरूद्ध ९ उजुरी
काठमाडौं,१२ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । उजुरीमाथि छलफल गर्न समितिले शुक्रबार दिउँसो ३ बजे उजुरीकर्तालाई सिंहदरबारमा बोलाएको छ
समितिले जबराविरुद्ध परेका ९ उजुरीको आजदेखि अध्ययन थालेको समिति सभापति लक्षमण लाल कणले जानकारी दिए ।
उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग उनीविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सनुवाइ हुनेछ ।
गत मंसिर २७ गते संवैधानिक परिषदले सर्वोच्चका न्यायाधीश जबरालाई नाम भावी प्रधानन्यायाधीशमा सर्वसम्मतीबाट सिफारिस गरेको थियो । गत पुस २ गते १० दिने म्याद राखेर उनीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो ।