सनराइज बैंकको २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा
काठमाडौं, १६ पुस । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका २ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १, मानेदोभानमा र नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं. १८, धरमपुरमा २७ औं र २८ औं शाखा रहित बैंकिङ्ग सेवा शुरू गरेको हो ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यो संगसंगै बैंकको कुल शाखा रहित बैंकिङ्ग सेवा संख्या २८ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।