आइएमई जनरलको ८० प्रतिशत हकप्रद बिक्री खुला
 
			काठमाडौं, १७ पुस । आइएमई जनरल इन्स्योरेन्सले आज देखि ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले माघ २१ गतेसम्म आवेदन दिन सक्ने छन् । 
कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नाचघर, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको उपत्यकाभित्र नक्साल, गोंगबु, कलंकी, कोटेश्वर,  न्यूरोड,  जावलाखेल, बौद्ध , सल्लाघारी र टेकु शाखाबाट आवेदन दिन पाइनेछ । त्यस्तै उपत्यका बाहिरबाट पनि आवेदन दिन पाउने व्यवस्था गरेको जनाइएको छ ।




 
                         
                        