Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

चन्द्रागिरी जाने पर्यटकलाई सेवा दिन आइएमई ट्राभलद्वारा बस सेवा सुरु

चन्द्रागिरी जाने पर्यटकलाई सेवा दिन आइएमई ट्राभलद्वारा बस सेवा सुरु


काठमाडौं, १७ पुस । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँ वर्ष–२०१९ को अवसरमा काठमाडौंको पानीपोखरी देखि थानकोटाको चन्द्रागिरी केवलकार स्टेशन सम्म सटल बस सेवाको प्रारम्भ गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडको सीटी सम्पर्क कार्यालय पानीपोखरी स्थित आइएमई कमप्लेक्सबाट हरेक दिन विहान १० बजे छुट्ने बसले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलंकीहुँदै चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनसम्म सेवा दिनेछ ।

त्यस्तै साँझ ४ बजे चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनबाट छुट्ने उक्त बस सेवा कलंकी, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाटहुँदै पानीपोखरी सम्म आइपुग्ने छ । चन्द्रागिरि जाने स्वदेशी तथा विदेशी पर्यटकहरूको सहज आवागमनलाई मध्यनजर गर्दै बस सेवा संचालनमा ल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x