Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कामना सेवा र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

कामना सेवा र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १७ पुस । कामना सेवा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६२ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसिहरु खरिदगर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक एसके टमोटले हस्ताक्षर गरेका छन् ।

सो सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु थप लाभाविन्त हुने विश्वास बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x