सेयर बजार पुन ओरालो तर्फ
काठमाडौं, १७ पुस । सेयर बजारमा मंगलबार पनि गिरावट आएको छ । कारोबार सुरु भएको केही समय सकारात्मक रहेको बजार अन्तमा १.३६ अंकले घटेर ११८५ .९१ बिन्दुमा बन्द भयो ।
गत साता नेपाल राष्ट्र बैंकले सेयर बजारको विकासका लागि सेयर मार्जिनमा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पु¥याएसंगै बजारले सकारात्मक बाटो समात्ने आम लगानीकर्ताको अपेक्षा थियो । सोही अनुसार बजारसँगै कारोबार रकममा पनि सुधार आएको थियो । तर त्यो लामो समय टिक्न सकेन । यो साता मात्रै आइतबार १० र सोमबार १७ अंकले बजारमा गिरावट आएको थियो ।
मंगलबार कुल १ सय ५६ कम्पनीहरुको ६,८९,७२० कित्ता सेयर खरिद बिक्री हुँदा २२ करोड ८५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । सो दिन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ भने कालिका लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । जसको सेयर मुल्य ९.९१ प्रतिशतले बढेको छ । साथै सांग्रिला डेभलपमेन्ट बैकका लगानीकर्ताले सर्वाधिक धेरै गुमाएका छन् । बैकको सेयर मुल्यमा २.९८०३९ प्रतिशतले गिरावट आएको छ ।
नेप्सेमा सुचिकृत ९ वटा समुह मध्ये निर्जीवन बीमा समुह, फाईनान्स समुह र जीवन बीमा समुहको परिसुचक बढेको भएपनि बाँकी ६ वटा समुहको परिसुचक घटेको छ ।