Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सन् २०१८ मा ११ लाख पर्यटकले गरे नेपालको भ्रमण, गुणस्तरीय पर्यटक भित्र्याउन व्यवसायीको जोड

सन् २०१८ मा ११ लाख पर्यटकले गरे नेपालको भ्रमण, गुणस्तरीय पर्यटक भित्र्याउन व्यवसायीको जोड

काठमाडौं, १७ पुस । सन् २०१८ मा नेपालमा पर्यटक आगमन उत्साहजनक रह्यो । नेपाल पर्यटन बोर्डको प्रारम्भिक तथ्यांक अनुसार यो वर्ष १० लाख ९६ हजार ४ सय ६६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या हाल सम्मकै सबैभन्दा धेरै हो ।

सन् २०१७ मा लगभग साढे नौ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाएको थियो । त्यसको ७ वर्षपछि यो लक्ष्य पुरा भएको हो ।

मुलुकमा निर्माण भएको राजनीतिक स्थीरतासँगै पुर्वाधारहरुको विकास भई सहज परिस्थिति सृजना भएको कारणले पनि पर्यटन आगमन वृद्धि हुदै गएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए ।

सरकारले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण बर्ष मनाउने तयारी थालेको छ । सो लक्ष्य प्राप्तीका लागि सरकार, पर्यटन बोर्ड र नीजि क्षेत्र सहकार्य गर्दै विभिन्न योजना तथा कार्यक्रम निर्माणमा छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान स्थलहरुको निमार्ण र स्तरोन्नती, पर्यटकिय गन्तव्यहरुको विस्तरसँगै सडक विस्तार गरिरहेको छ । पर्यटन बोर्डले १० हजार जना भन्दा बढीलाई तालिम र ५ सय भन्दा बढी अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गर्ने तयारी गरिहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिए ।

हाल नेपालको पर्यटन क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको छ भने ४ लाख भन्दा बढीलाई यो क्षेत्रले रोजगारीको अवसर प्रदान गरेको छ । सरकारले राखेको लक्ष्य पुरा भएमा कुल ग्राहस्थमा १० प्रतिशत योग्दान र ८ लाख भन्दा बढीलाई रोजगारीको अवसर सृजना गर्ने विश्वास लिइएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल पनि सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पुरा हुने बताउछन् । तर सरकारले संख्या मात्र जोड दिनुभन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउन तिर ध्यानदिन आवश्यक रहेको उनले बताए । “संख्या मात्र हेरेर हुदैन पैसा खर्च गर्न सक्ने पर्यटक नेपाल आउनु प¥यो, उनले भने–अनि मात्र पर्यटक भित्रिएर देशको आर्थिक वृद्धिमा टेवा पुग्छ ।” सन् २०१८ मा नेपाल भित्रिएको पर्यटकहरुको संख्यालाई ऐतिहासिक मानिएको छ । तर यो तथ्यांकमा मात्र देखाइएको दाहालको भनाई छ । पर्यटकहरुको दोहोरो आगमान, गैरआवसिय नेपालीहरुको गणना तथा चीन र भारतबाट व्यवसायीक तथा नीजि प्रयोजनका लागि नेपाल आएकाहरुलाई पनि गणना गरि संख्यामा वृद्धि गरिएको उनले बताए ।

त्यस्तै होटल संघ नेपाल (हान) का महासचिव विनायक शाह भने पर्यटन क्षेत्रको विकासको मुख्य समस्या नै विमानस्थल भएको बताउछन् । सरकारले विमानस्थलका लागि बजेट छुट्टयाउनुका साथै विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरुले ठुलो रकम सहयोग गरेको भए पनि खर्च गर्न नसक्दा पूर्वाधार निर्माणमा पछि परेको उनको तर्क छ । सरकारले पर्यटकको संख्या वृद्धिमा मात्र ध्यान दिनु भन्दा पनि काम गर्ने शैलीमा परिवर्तन र तीव्रता दिन आवश्यक रहेको महासचिव शाहको भनाई छ ।

नेपालको होटल क्षेत्रले आजको दिनमा नै २५ लाख पर्यटकलाई सम्पुर्ण सुविधा दिन सक्षम रहेको
शाहले बताए । “पर्यटनको संख्यामा वृद्धि भएमा हामी धेरै खुसी हुन्छौ तर सरकारले झोले पर्यटक मात्र भित्र्याएर त केही फाईदा भएन नि , महासचिव शाहले भने–त्यसैले लक्ष्य पुरा गर्दा सरकारले संख्यात्मक भन्दा पनि गुणात्मक पर्यटक भित्र्याउन तर्फ ध्यान दिन पर्छ ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x