Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अब के होला ? नवनियुक्त प्रधान न्यायाधीश राणा भर्सेज न्यायाधीश जोशी

अब के होला ? नवनियुक्त प्रधान न्यायाधीश राणा भर्सेज न्यायाधीश जोशी

काठमाडौं १८ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा रुपमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीलाई बेञ्च नतोक्ने भएका छन् । सपथ ग्रहण कार्यक्रममा जोशीलाइ नबोल्लाएर यसको संकेत उनलेदिएका छन् ।राणाले सर्वोच्च अदालतमा हुने प्रधानन्यायाधीशको स्वागत कार्यक्रममा समेत जोशीलाई सहभागी नगराउन मुख्य रजिष्ट्रार राजन भट्टराईलाई मौखिक आदेश दिएको समचारहरु सार्वजनिक भएका छन् । स्रोतका अनुसार आजैबाट राणाले जोशीलाई बेच्न पनि नतोक्ने भएका छन् ।

दुइ दिन अघि संसदीय सुनुवाईका क्रममा समितिका सदस्य योगेश भट्टराई लगायतले संसदबाट अस्वीकृत भएका न्यायाधीशलाई के गर्नुहुन्छ भनि समित बैठकमा जिज्ञाशा राखेका थिए । जवाफमा  राणाले संविधान र संसदीय सर्वोच्चतालाई आफूले सम्मान गर्ने बताएका थिए । सोहीवमोजिम संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत भई न्यायाधीश हुने योग्यता र क्षमतामा प्रश्न उठको जोशीलाई न्यायिक प्रक्रियाबाट अलग गर्न लागेका हुन । नव नियुक्त प्रधान न्यायाधीशले बेच्न नतोक्ने भएपछि जोशी माथि राजिनामाको दवाव पर्ने देखिएको छ । यता जोशीले भने आफु नियमित कामको लागि सर्वोच्च जाने बताएका छन् । जोशीले भने न नियमित कामका लागि सर्वोच्च जान्छु । मलाई सर्वोच्च प्रवेशमा कसैले रोक्न सक्दैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x