Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ग्लोबल आइएमई बैंक स्थापनाको १३ औं वर्षमा

ग्लोबल आइएमई बैंक स्थापनाको १३ औं वर्षमा

काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंक स्थापनाको १२ औं बर्ष पुरा गरि १३ औं वर्षमा प्रवेश गरेको छ । ‘सबैका लागि बैंक’ भन्ने मुल नारा सहित २०६३ सालमा नेपालको १३ औं बाणिज्य बैंकको रुपमा स्थापना भई बैंकिङ्ग सेवा सुरु गरेको थियो ।

अन्तर्राष्ट्रिय आधुनिक बैंकिङ्ग प्रविधि नेपालमा भित्र्याउन अग्रसर बैंकले नेपालका ठुला देखि साना सबै परियोजना र उद्योगहरुमा लगानी गरिरहेको छ । हाल बैंकले १ सय ३३ वटा शाखा कार्यालय, १ सय ४१ एटिएम काउन्टर, ७ एक्सटेन्सन काउन्टर, १ सय १५ शाखारहित बैंकिङ्ग सेवा र देशबाहिर ३ प्रतिनिधि र सम्पर्क कार्यालय मार्फत् ९ लाख ५० हजार ग्राहकलाई सेवा दिइरहेको छ ।

मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन , अष्ट्रेलिया , बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ । यसका साथै बैंकले ग्राहकहरुको सहजताका लागि भाइबर बैंकिङ्ग, मोबाइल बैंकिङ्ग , इन्टरनेट बैंकिङ्ग सेवा पनि दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x