Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

झापाको फाल्गुनन्द चोकमा एनआईसी एशिया बैंकको नयाँ शाखा

झापाको फाल्गुनन्द चोकमा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं, २० पुस । एनआईसी एशिया बैंकले झापाको दमक फाल्गुनन्द चोक वडा नं १,मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले सो शाखाको उद्घाटन गरे ।

हाल बैंकले २ सय ७० शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । आगामी दिनमा मुलुकका अन्य भुभागमा पनि वित्तिय पहुँच विस्तार गर्दै जाने संचालक अर्यालले बताए ।

त्यस्तै बैंकको वासलातको आकार २ सय १३ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ सय ६९ अर्ब तथा कर्जा १ सय ४६ अर्ब रुपैयाँ पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x