Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गत बर्षको तुलनामा राजस्व संकलन ३२ प्रतिशतले बृद्धि – प्रधानमन्त्री

गत बर्षको तुलनामा राजस्व संकलन ३२ प्रतिशतले बृद्धि – प्रधानमन्त्री

काठमाडौं, २२ पुस ।  प्रधानमन्त्री के पी शर्मा ओलीले गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यस आर्थिक वर्षको राजस्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको बताउनु भएको छ  ।  चालू आर्थिक वर्षको ५ महिनामा पूँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत रहेको छ । सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको छ । गतबर्षको तुलनामा मूल्य बृद्धि घटेको छ । गतबर्षको मूल्य बृद्धि ४.२ प्रतिशत थियो, यस बर्ष ३.७ प्रतिशत मात्र छ । हालसम्म आन्तरिक ऋण परिचालन गर्नु परेको छैन । गत आर्थिक वर्षको यही अवधिमा १०८ अर्ब ८४ करोड रुपैंया आन्तरिक ऋण परिचालन गरिएको थियो। कूल वैदेशिक सहायता, गत वर्षको तुलनामा १६२.७२ प्रतिशले वृद्धि भएको छ । अनुदान र ऋण सहायता गरी ११२ अर्ब १३ करोड रुपैंया वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ ।गत आर्थिक बर्षको यसै अबधिको १२ प्रतिशतको  तुलनामा उद्योग÷व्यवसायसँग सम्बन्धित कम्पनी दर्ता २५ प्रतिशतले बृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप १७.९ प्रतिशत ले बृद्धि भएको छ। बैंकको क्षेत्रगत लगानी २४.६ प्रतिशत ले बृद्धि भएको छ । उत्पादनशील क्षेत्रमा बैंकको लगानी १३.४ बाट ३२.३ प्रतिशत पुगेको छ । बैदेशिक लगानीका परियोजना संख्यामा २५ प्रतिशतले वृद्धि भएको छ ।

यसवर्ष आर्थिक वृद्धिदर ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत यो बर्ष नेपालले ६.५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट नेपालमा ५ प्रतिशत भन्दा बढि आर्थिक बृद्धिको अनुमान गरेको इतिहासमै यो पहिलो पटक हो ।

निर्याततर्फ यस अवधिमा नेपालको कूल निकासी १२.३ प्रतिशतले वृद्धि भएको छ ।भारत तर्फको निकासीमा २०.५  प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २००६÷०७ यताको सबैभन्दा उच्च हो । संयुक्त राज्य अमेरिका तर्फको निर्यातमा २६.६ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २०१४÷१५ यताको सबैभन्दा उच्च वृद्धि हो । जर्मनी तर्फको निकासीमा ८.७ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २०१४÷१५ यताको सबैभन्दा उच्च वृद्धि हो ।संयुक्त अधिराज्य तर्फको निर्यातमा पनि २.२ प्रतिशतले वृद्धि भएको छ ।टर्की सरकारले नेपालबाट निर्यात हुने सिन्थेटिक धागोको आयातमा लगाएको अतिरिक्त भन्सार महशुल र एन्टि डम्पिङ् महशुल हटाएको छ । यसबाट रू. ८ अर्ब वरावरको नेपाली धागोको सबैभन्दा ठूलो निर्यात बजार सुरक्षित भएको छ ।निर्यातलाई प्रोत्साहन गर्न १५ वस्तुहरूमा ५ प्रतिशत र ११ वस्तुहरूमा ३ प्रतिशत निर्यात अनुदान दिने निर्णय गरिएको छ ।औद्योगिक वस्तु र निर्माण सामग्रीको आयातमा ४०.६ प्रतिशतले वृद्धि भएकोले शोधानान्तर बचतमा केही कमी आएको छ । तर यो उत्पादन र विकासका दृष्टिमा सकारात्मक प्रधानमन्त्रीले संसल समक्ष जानकारी गराउनु भयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x