‘समस्याबाट भाग्दिनँ, कारबाहीमा सहयोग गर्छु’ – मन्त्री अधिकारी
काठमाडौं २३ पुस । पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले आफु समस्याबाट भगेर नभइ पदमै बसेर वाइडबडी जाहाज खरिदमा भएको भनिएको अनियमितता सम्वन्धनमा छानविन गर्न सहयोग गर्ने बताएका छन् ।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफुले मन्त्रालयको जिम्मेवारी समाल्नु भन्दा पहिले नै खरिद प्रक्रिया सुरु भएको र त्यसलाइ रोक्ने अधिकार आफुलाइ नभएको उनले बताए ।
सर्वोच्वको आदेशले पनि मलाइ खरिद प्रक्रिया रोकेर अगाडी बढन दिदैन्थ्यो । त्यसलाइ रोकेको भए त्यसबाट राज्यलाइ पर्ने घाटको जिम्मेवारी कसले लिन्थ्यो । यदि त्यस्तो अवस्था आएको भए निगम टाट पल्टिने अवस्था आउथ्यो त्यसको जिम्मेवारी कसले लिने मन्त्री अधिकरीको प्रश्न थियो ।
संसदको समितिको निर्णयहरु आफुले सम्मान गर्ने भएपनि अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोडेको दाबी समेत गरे ।