आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का विरुद्ध भ्रष्टचारको मुद्धा
काठमाडौं,२३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारद्धारा जारी विज्ञाप्तिमा जनाइएको छ । यसैगरी अख्तियारले खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न परिवारका अन्य सदस्य पनि मुद्दा दायर गरिएको छ ।