Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लगानीका लागि कानुनी जटिलता हटाउने प्रधानमन्त्रीको प्रतिवद्धता

लगानीका लागि कानुनी जटिलता हटाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर आगाडी बढने बताएका छन् ।  चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजि क्षेत्रलाइ साथमा लिएर देशको समृद्धि तीव्र र चौतर्फी विकास सरकारको चाहना भएको बताए । सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “तपाईंहरु ढुक्क भएर अगाडि बढ्नुहोस्, निजी क्षेत्रका उद्यमी, व्यापारीलाई अप्ठ्यारो पार्ने कानून संशोधन तथा नयाँ कानून निर्माण गर्नुपर्ने भए सरकारलाई सुझाव दिनुहोस् ।” मौजुदा ऐन कानूनका कारण उद्यमी, व्यवसायीलाई कुनै अप्ठ्यारो परेको भए संशोधन गर्न सरकार तयार बताउदै प्रधानमन्त्री ओलीले “देश, जनता र विकासका लागि आवश्यक सम्पूर्ण ऐन, कानून सरकारले परिमार्जन गर्ने बताए । सरकारका बारेमा विभिन्न भ्रम सिर्जना गर्ने प्रयन्त भइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले लोकतन्त्रका लागि सङ्घर्ष गरेको व्यक्तिबाट कुनै हालतमा अधिनायकवाद नआउने जोड दिए । वर्तमान सरकार गठन भएको १० महीनाको अवधिमा हासिल प्रगतिको तथ्याङ्क आफूले प्रस्तुत गर्दा कसैकसैलाई अप्ठ्यारो महसुस भएको टिप्पणी गर्दै उनले तथ्याङ्कमा खेल्न भन्रदा पनि प उपलब्धिलाई प्रस्तुत गर्न बताए ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानी बढाउन सरकारले लगानीका लागि कानुनी जटिलताहरु हटाउनुपर्ने जोड दिए । संघीय संरचनामा बहु कर प्रणाली कार्यान्वयन हुँदा त्यसले व्यावसायिक वातावरण कमजोर बनाउने उनको भनाइ थियो सरकारले कर संकलन बढाउँदै लगे पनि खर्च गर्न नसक्दा ढुकुटीमा पैसा थुप्रिएको तर बैंक तथा वित्तीय संस्थाहरु भने लगानी गर्ने रकमको अभाव झेलिरहेको भन्दै त्यसलाइ तत्काल संवोधन गर्न सरकारको ध्यान आकर्षण गराउनु भयो ।

कार्यक्रममा विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता महेश्वर महर्जन, मिस नेपाल शृङ्खला खतिवडा, मिस युनिभर्सको उत्कृष्ट १० मा पर्न सफल मनिता देवकोटा लगायतलाई चेम्बर विशिष्ट सम्मान प्रदान गरिएको थियो । निजी क्षेत्रको संवद्र्धन र संरक्षण गर्दै सरकार, अन्तर्राष्ट्रिय र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्दै आएको चेम्बरमा ४८ वस्तुगत सङ्घ, २२ द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ र ३६ वटा आबद्ध सङ्घ सहकार्यमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x