नेपाली कामदार भित्र्याउने सम्वन्धमा समझौता गर्न जापानी विदेशमन्त्री नेपालमा
काठमाडौं,२३ पुस ।नेपाली कामदार कसरी जापान लैजाने भन्ने सम्वन्धमा छलफल एव समझौता गर्न जापानका विदेशमन्त्री तारो कोनो नेपाल भ्रमणमा आउदैछन् ।
जापाले विदेशकी कामदारका सम्वन्धमा नयाँ नियमावली पास गरेपछिका प्रकृया र अन्य द्विपक्षीय विषयमा छलफल गर्न सो मुलुकका विदेशमन्त्री तारो कोनो दुईदिने भ्रमण केन्द्रित हुने बताइएको छ ।
परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका क्रममा नेपाली कामदार, द्विपक्षीय हवाई सेवा, कृषिको आधुनिकीकरण, ऊर्जा, पूर्वाधार विकासजस्ता विषयमा सम्झौता हुँदै छ । गत असार ४ मा नेपाल–जापानबीच सिधा हवाई सम्झौता भए पनि त्यसलाई यही भ्रमणमार्फत कूटनीतिक तवरमा औपचारिकता दिने तयारी गरिएको छ ।