विश्व आर्थिक मञ्चको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली स्वीजरल्यान्ड जाने
काठमाडौं,२५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको सम्मेलनमा भाग लिन स्वीजरल्यान्ड जाने भएका छन् । आगामी माघ पहिलो साता हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली माघ ५ गते स्वीजरल्यान्ड प्रस्थान गर्न लागेका हुन । सम्मेलनमा ओली वक्ताका रुपमा सहभागी हुने भएसँगै परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको छ । मञ्चको बार्षिक सम्मेलन माघ ८देखि ११ गतेका लागि तय भएको छ । सम्मेलनमा विभिन्न मुलुकका राष्ट्र र सरकार प्रमुख पनि वक्ताका रुपमा सहभागी रहने छन् । विभिन्न मुलुकका २ सय ५० सम्मेलनमा सहभागी हुने छन् । सम्मेलन हरेक बर्ष हुदै आएको छ ।