एनआईसी एसिया बैंकलाई आईएसओ ९००१ː २०१५ प्रमाणपत्र
काठमाडौं, २५ पुस । एनआईसी एशिया बैंक लिमिटेडले ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५’ प्रमाण पत्र प्राप्त गरेको छ । यो अवार्डले युनाइटेड रजिष्टर अफ सिस्टमले प्रदान गरेको हो ।
पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर सहित उत्कृष्ट सेवा दिन सफल भएकाले नै यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको बताइएको छ ।
हाल यस बैंकले २ सय ७० शाखा कार्यालय, २ सय ८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।