एमसिएको कार्यकारी निर्देशकमा डा. विस्ट
काठमाडौं, २५ पुस मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल(एमसिए) को कार्यकारी निर्देशकमा डा खड्गबहादुर विस्ट नियुक्त हुनुभएको छ ।
सरकारले खुल्ला प्रतिस्पर्धाबाट विस्टलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपालको सञ्चालक समितिको अध्यक्षता अर्थ मन्त्रालयका सचिवले गर्ने व्यवस्था छ । उनले फागुन १ गतेदेखि कार्यभार सम्हाल्ने बताइएको छ ।
अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसि)ले नेपालको विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारमा काम गर्ने सहमति गरेको छ । सन् २०१७ को सेक्टेम्बर १४ मा भएको द्विपक्षीय सहमतिअनुसार अमेरिकाले ५०० मिलियन अमेरिकी डलर खर्च गर्ने भएको छ । कार्यकारी निर्देशकमा नियुक्ति भएसँग उनले अमेरिकन मिलेनियमा कार्यक्रमलाइ समयमै सम्पन्न गर्न भुमिका खेल्ने बताए ।