Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एनबी बैंकको १०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित

एनबी बैंकको १०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं, २६ पुस । नेपाल बंगलादेश (एनबी) बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । बैंकको आज सम्पन्न चौविसौ बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी आठ अर्व आठ करोड रुपैयाँ रहेको छ । यसका साथै साधारण सभाले नियामक निकायको स्विकृतीलिई सहायक कम्पनी स्थापना गरि धितोपत्र कारोबारसँग सम्बन्धित सम्पूर्ण कार्य गर्ने गरि प्रबन्धन पत्र संशोधनपनि गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सम्ममा ४७ अर्व ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ अर्व ३२ करोड रुपैयाँ सापटि लिई ४८ अर्व ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । त्यस्तै बैंकको पुँप्रयाप्तता तका अनुपात १३.६५, निष्कृय कर्जा अनुपात १.५५, कुल लगानी कोषको लागत ७.४३ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x