एनएमबि बैंकको २३ औं साधारण सभा सम्पन्न, लाभांश वितरणको प्रस्ताव पारित
काठमाडौं, २६ पुस । एनएमबी बैंकको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न बैंकको साधारणसभाले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरि ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३५ लाख रुपैयाँ छ । बोनस सेयर वितरण पश्चात चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ पुग्नेछ । यसका साथै साधारण सभाले लेखा परिक्षकको प्रतिबेदन सहित आर्थिक बर्ष २०७४÷०७५को वासलत, नाफा नोक्सान हिसाब, सोहि अवधीको नगद प्रवाहको विवरण लगायत बार्षिक वित्तिय विवरणहरु पनि पारित गरेको छ ।
बैकले हाल मुलुक भर १ सय १० वटा शाखा कार्यालयहरु, ४ वटा एक्सटेन्सन काउण्टर तथा ९६ वटा एटिएमहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको छ ।