कुमारी बैंकले ८.५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, २६ पुस । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले हाल कायम ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस दिने निर्णय गरेको हो ।
बैंकले बोनसमा ६० करोड ८८ लाख ८८ हजार रुपैयाँ खर्च गर्नेछ । प्रस्तावित बोनस स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ ।