साताको अन्तिम दिन सेयर बजार १.४८ अंकले बढेर बन्द
काठमाडौं, २६ पुस । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार १.४८ अंकले बढेको छ । कारोबार सुरु भएसँगै निकै उत्तार चढाव देखिएको बजार अन्तमा ११८०.८४ बिन्दुमा पुगेर बन्द भयो ।
होटल, विकास बैंक, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन समूहको परिसूचक सो दिन घट्यो भने बीमा, माइक्रोफाइनान्स, फाइनान्स, व्यापार र बैंकिङ समूहको परिसुचक बढ्यो ।
बिहिबार एक सय ६३ कम्पनीको ३६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । जसमा नेपाल बैंकको सबैभन्दा धेरै सेयर कारोबार भयो । बैंकको ११ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा इक्युटी फन्डका लगानीकर्ताले सबैभन्दा धेरे कमाए भने सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।