Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनआईसी एशिया बैंक र वल्र्ड रेमिटबीच रेमिट्यान्स सम्झौता

एनआईसी एशिया बैंक र वल्र्ड रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, २६ पुस । एनआईसी एशिया बैंक लिमिटेडले वल्र्ड रेमिटसंग रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकले वल्र्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।

बैंकले यसका लागि वल्र्ड रेमिट लिमिटेड युकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो । सम्झौता अनुसार वल्र्ड रेमिट मार्फत कतार, साउदी अरब, कुवेत, जापान, लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा पठाएको रकम बैंकको २ सय ७० वटा शाखा कार्यालयहरु तथा ६ हजार ७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी लिन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x