घलेम्दी हाइड्रोको आईपीओ बाँडफाँट
काठमाडौं, १ माघ । घलेम्दी हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । ४३ हजार ९९३ जना आवेदकले ३० कित्ता र १० हजार ६९९ जनाले २० कित्ताका दरले शेयर पाएका छन् । आईपीओ आवेदन ५४ हजार ६७१८ आवेदन गरेकोमा २६ आवेदन रद्ध भएको छ ।
कम्पनीले पुस १९ गतेदेखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।