Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

माघ ५ मा कनेक्ट इन्टरनेशनल एन्टरप्रेनर्शीप कन्क्लेव हुने

काठमाडौं, ३ माघ । कनेक्ट इन्टरनेशनल एन्टरप्रेनर्शीप कन्क्लेवको दोश्रो संस्करण माघ ५ गने हुने भएको छ। भारतीय राजदूतावास र क्लकबि बिजनेस इन्नोभेसनको सहकार्यमा काठमाडौंमा उक्त कन्क्लेव हुन लागेको हो ।

यस्तै यसको उद्देश्यमा एक स्टार्टअप स्कआउट गर्ने, स्टार्टअप इन्क्युबेसन कार्यक्रममा तालिम र सदस्यता दिने र अन्यमा सबैभन्दा धेरै सम्भावना भएको स्टार्टअपलाई फिनालेमा लैजाने योजना रहेको छ । त्यसैगरी आयोजकहरूले कलेज र युवास्तरको प्रचारका गतिविधिहरू र आइडिएसन वर्कशपहरू विभिन्न शहरहरूमा आयोजना गरिने समेत बताइएको छ ।

सम्मेलनका लागि सामाजिक मिडिया अभियान, आउटरिच क्रियाकलाप र पार्टनरसीपद्वारा सयौं आवेदनहरु ग्रहण गरिने जनाईएको छ । जसमा सय आवेदनहरूबाट २१ आइडियाहरु सङ्कलन गरी ७ दिनको ’स्टार्टअप इन्क्युबेसन कार्यक्रम’ आयोजना गरिएको थियो । त्यसपछि २१ आइडियाजहरू ‘आइडिया अडिशन’ मा छनोट गरी सबैभन्दा धेरै सम्भावना भएकोे टप ६ आइडियाजहरूले भारत र नेपालका उद्यमीलगानीकर्ता र उद्यमीहरूको अगाडी पिच गर्ने बताईको छ ।

यसअघि गत चैत्र १० गते, ‘कनेक्ट इन’को पहिलो संस्करणमा आयोजना गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x