पर्वतमा भएकोबस दुर्घटना परि ५ जनाको मृत्यु

पर्वत,३ माघ । पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । म्यदीको बेनीबाट छुटेको ग १ ख ६१०८ बस दुर्घटना घाईते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो भने तीन जनाको घटना स्थलमा मृत्यु भएको हो । पर्वत ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीका अनुसार घाइते मध्ये १० जनालाई सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाईएको छ। दुर्घटनामा घाईते भएका थप २८ जना को धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको र थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको अस्पताल धौलागिरी अस्पताल ले जनाएको छ। मृतक तथा घाईते कसैको पनि सनाखत हुन सकेको छैन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *