Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

कामना सेवा बैंक र सुर्या लाईफबीच बैंकास्योरेन्स सम्झौता

कामना सेवा बैंक र सुर्या लाईफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ३ माघ । कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सुर्या लाईफ ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेल हस्ताक्षर सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु पनि थप लाभान्वित हुने बैंकको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x