Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

एनआइसी एशिया बैंकले ४ अर्वको ऋणपत्र निष्कासन गर्दै

एनआइसी एशिया बैंकले ४ अर्वको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं, ३ माघ । एनआइसी एशिया बैंकले माघ १३ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । एनआइसीले ‘१० प्रतिशत एनआइसी एसिया डिबेन्चर २०८५।८६’ जारी गर्न लागेको हो ।

कुल ४० लाख कित्तामध्ये १६ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमध्ये ८० हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । २४ लाख कित्ता भने एनआइसीले अन्य संघसंस्था तथा कम्पनीहरुलाई बिक्री गर्ने जनाइएको छ ।

यस ऋणपत्रमा न्यूनतम २५ देखि २० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तथा एनआइसी एसिया बैंकको सम्पूर्ण शाखाबाट आवेदन दिन सकिने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x