माछापुच्छ्रे बैंकको नाफामा ७० प्रतिशतले बृद्धि

काठमाडौं, ४ माघ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड ३६ लाख ६५ हजार बराबर स्वतन्त्र नाफा आर्जन गरेको छ । लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ७० प्रतिशतले बढी हो ।
बैंकको नियामकीय समायोजनबापतको रकम सकारात्मक देखिएपछि खुद नाफा भन्दा स्वतन्त्र नाफा बढी देखिएको छ । बैंकको खुद नाफा भने ७८ करोड १३ लाख ७८ हजार रहेको देखिएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८५ अर्ब १७ करोड पुर्याएको छ । अघिल्लो त्रैमासको अन्त्यमा त्यो रकम ७७ अर्ब ९८ करोड थियो । त्यस्तै सो अवधिमा बैंकको कर्जा प्रवाह ७४ अर्ब ६५ करोड कायम गरेको छ ।