Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

रेमिट्यान्स आयमा ३१ प्रतिशतले बृद्धि

रेमिट्यान्स आयमा ३१ प्रतिशतले बृद्धि

काठमाडौं, ४ माघ । चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स (विप्रेषण) ३१ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । रेमिट्यान्स वृद्धि भई ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको वर्तमान आर्थिक अवस्थाले यस्तो देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रमिट्यान्स ० दशमलव ८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ३ दशमलव २ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४२ दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो संख्या २ दशमलव ५ प्रतिशतले घटेको थियो । समिक्षा अवधीमा मलेसिया जाने नेपालीहरुको संख्यामा सबै भन्दा धेरै कमि आएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी ५ महिनाको अवधिमा चालु खाता घाटा विस्तार भई १ खर्ब १९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६४ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो बर्षको ५ महिनामा ६२ करोड ३ लाख रुपैयाँ रहेको चालु खाता घाटा समिक्षा अवधिमा १ अर्ब ४ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ५ महिनामा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड रुपैयाँले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर घाटा ५ अर्ब ४८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ३९ लाख रुपैयाँले घाटा रहेकोमा चालू आर्थिक वर्षको ५ महिनामा ७५ करोड १ लाख रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । उच्च आयातका कारण शोधान्तर खाटा क्रमशः वृद्धि हुँदै गएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x