Date

बिहि, साउन १, २०८२
Thu, July 17, 2025

नारामै सीमित सुशासन,गतबर्ष भन्दा १० अर्ब बढी बेरुजु बढ्यो

नारामै सीमित सुशासन,गतबर्ष भन्दा १० अर्ब बढी बेरुजु बढ्यो

काठमाडौं, ४ माघ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष १० अर्ब नौ करोड रुपैयाँले बेरुजु बढेको छ । सवैभन्दा बढी बेरूजु हुने जिल्लामा काठमाडौं रहेको छ । जसले कुल बेरुजुको आधा हिस्सा काठमाडौंले ओगटेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुशार काठमाडौंको बेरुजु रकम २७ अर्ब १४ लाख रुपैयाँ रहेक छ । जुन कुल बेरुजुको ५०।३९ प्रतिशत हो।

यस्तै मन्त्रालयगत आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ। उक्त मन्त्रालयको बेरुजु रकम २२ अर्ब ८९ करोड रुपैयाँ छ। यो कुल बेरुजु रकमको ४२.७३ प्रतिशत हो।

आर्थिक बर्ष ०७३/७४ को कुल बेरुजु ४३ अर्ब ४७ करोड रुपैयाँ थियो । गत आर्थिक बर्षमा भने ५३ अर्ब ५८ करोड रुपैयाँ बेरुजु देखिएको हो। यो रकम कुल खर्चको करिब पाँच प्रतिशत हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *